ओली भेट्न बालकोट पुगे कांग्रेस नेता पौडेल


न्युज अफ नेपाल, काठमाडौं ।

सत्तारुढ दल नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलका लागि बालकोट पुगेका छन् ।

उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक समेत रहेका पौडेल प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष ओलीसँगको भेटवार्ताका लागि बुधबार साँझ बालकोट पुगेका हुन् ।

पौडेल साँझ ६ बजे बालकोट पुगेको र करिब १ घण्टा छलफल भएको उनको सचिवालयले जनाएको छ । पौडेलले प्रतिनिधि सभा र न्यायालयमा देखिएको समस्याका विषयमा छलफल गरेका जनाइएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।