पहिचान पुरस्कार साहको ‘पथेर’ र वाग्लेको ‘कदम’लाई

पुरस्कार राशि ४ लाख २ हजार २ रुपैयाँ



न्युज अफ नेपाल, काठमाडौं ।

साहित्यिक वृत्तमा व्यापक चासो रहेको ‘पहिचान पुरस्कार’ श्याम साहको कथासङ्ग्रह ‘पथेर’ र अनन्त वाग्लेको उपन्यास ‘कदम’लाई प्रदान गरिने भएको छ ।

पहिचान पुरस्कार कोषका तर्फबाट कोषका परिकल्पनाकार तथा संस्थापक नरेश काङमाङ राई र बोर्ड अध्यक्ष मकरध्वज राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा यस पटक आख्यानका यी दुई कृतिलाई संयुक्तरूपमा ‘पहिचान पुरस्कार–२०७८’ प्रदान गर्ने जनाइएको हो ।

पहिचान पुरस्कारको पुरस्कार राशि ४ लाख २ हजार २ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्