बूँद रानालाई प्रज्ञा–प्रतिष्ठानको आजीवन सदस्यता प्रदान गरिने



काठमाडौँ, (नेस) ।

नेपाल प्रज्ञा–प्रतिष्ठानले वरिष्ठ कवि तथा गजलकार बुँद राना (लोकबहादुर राना) लाई प्रज्ञा–प्रतिष्ठानको आजीवन सदस्यता प्रदान गर्ने निर्णय गरेको छ । नेपाली कविता/काव्य साहित्यका क्षेत्रमा पाँच दशकभन्दा बढी समयदेखि साधनारत रही विशिष्ट योगदान गर्नुभएका भैरहवाका रानालाई प्राज्ञ परिषद्को बैठकले पुस १ गतेदेखि लागू हुने गरी आजीवन सदस्यता प्रदान गर्ने निर्णय गरेको हो । बैठकले रानालाई आजीवन सदस्यले पाउने नियमानुसारको मासिक आजीवन भत्ता उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।

आजीवन सदस्य आनन्ददेव भट्टको निधनपश्चात् रिक्त हुन आएको आजीवन सदस्य पद १ का निम्ति उपयुक्त, योग्यतम र वरिष्ठतम साधकको छनोट गरी सिफारिस गर्न गठित उपकुलपति डा. जगमान गुरुङ संयोजक तथा प्राज्ञ परिषद् सदस्य प्रा.डा. हेमनाथ पौडेल र माया ठकुरी सदस्य रहेको सिफारिस समितिको सिफारिसका आधारमा प्राज्ञ परिषद्को बैठकले रानालाई आजीवन सदस्यता प्रदान गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्