चिट चोर्न नदिएको भन्दै शिक्षकमाथि निर्घात कुटपिट



न्युज अफ नेपाल, काठमाडौं।

काठमाडौं रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा परीक्षार्थीबाट शिक्षक कुटिएका छन्।

चिट चोरिरहेको फेला पारेपछि गार्ड बसेका शिक्षकले विद्यार्थी कुवेर जेठारालाई परीक्षा हलबाट बाहिर निकालेका थिए। चिट चोर्न रोक्दा विद्यार्थीले पानी पिउन प्रयोग हुने स्टिलको जगले शिक्षक प्रकाश पुडासैनीमाथि आक्रमण गरेका हुन ।

घाइते पुडासैनीलाई उपचारका लागि नजिकैको मोडल अस्पताल लगिएको छ। उनको टाउकोमा सात वटा टाँका लगाइएको छ। पुडासैनीको मोडल अस्पतालमा उपचार भइरहेको छ।

घटनाबारे अहिले विद्यालय प्रशासनमा छलफल भइरहेको छ। शिक्षक पुडासैनीलाई कुट्ने परीक्षार्थी कुँवेर जेठारा हुन्। घटनापछि आजको परीक्षा स्थगित भएको छ।

प्रतिक्रिया दिनुहोस्