चौधरीलाई भारतको केएलएफ अवार्ड



काठमाडौं, (नेस) ।

भारतको कलिंग लिटररी फेस्टिबलमा नेपालका चर्चित कवि बसन्त चौधरीको कृतिले ‘पोएट्री बुक अफ दि इयर’को अवार्ड पाउनुभएको छ । वर्ष २०२०–२१ का लागि ‘केएलएफ पोएट्री बुक अफ दि इयर’को अवार्ड चौधरीको हिन्दी कविता संग्रह ‘अनेक पल औ मैं’ ले पाएको हो ।

वाणी प्रकाशनबाट प्रकाशित यो पुस्तक नेपाल, भारत र विश्वभरका हिन्दीभाषीमाझ निकै चर्चित छ । विभिन्न विधामा प्रकाशित उत्कृष्ट कृतिका लागि प्रत्येक वर्ष केएलएफ बुक अवार्डस् वितरण गर्ने गरिन्छ ।

स्वतन्त्र अवार्ड छनोट समितिबाट छनोट भएका पुस्तकका सर्जकलाई डिसेम्बर १० देखि १२ सम्म आयोजित साहित्य उत्सवमा अवार्ड वितरण गरिएको हो । फेस्टिबलका संस्थापक तथा निर्देशक रश्मी रञ्जन परिदाका अनुसार यो पटकको महोत्सवमा नेपाल साझेदारी देशको रुपमा सहभागी थियो । महोत्सवमा नेपालका राजनीतिज्ञ तथा साहित्यकारहरूको समेत निकै ठूलो सहभागिता थियो ।

यो वर्षको महोत्सवका दौडान भारतबाहिर पहिलोपटक नेपालमा समेत कलिंग साहित्य महोत्सव गर्ने महत्वपूर्ण सम्झौतासमेत भएको परिदाले सो क्रममा जानकारी दिनुभयो । ‘श्री लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिर’सँग केएलएफको एक सम्झौतासमेत भएको छ । नेपालमा अब यो महोत्सव प्रत्येक वर्षको अप्रिल–मईमा आयोजना गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्