बाल सुधार गृह र कारागारमा खेलकुद सामग्री प्रदान



विमल विष्ट, डोटी ।

मानवीय सेवामा अनेकौँ प्रयास नामक एक गैर सरकारी संस्था साइन नेपालले जिल्ला कारागारमा जेल जीवन बिताइरहेका कैदी बन्दी तथा बाल सुधार गृहमा राखिएका बन्दीहरूका लागि खेलकुद सामग्री प्रदान गरेको छ ।

संस्थाका अध्यक्ष भक्तराज जोशीका अनुसार कैदी बन्दीलाई सहज होस भन्नका लागि क्यारेम बोर्ड, भलिबल, पम्प, भलिबल जाली नेट लगायतका अन्य खेलकुद सामग्री प्रदान गरिएको हो ।प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्ट मार्फत उक्त खेलकुद सामग्री प्रदान गरिएको हो । साइन नेपालले हस्तान्तरण गरेका खेलकुद सामग्रीले कारागार तथा बाल सुधार गृहमा राखिएका कैदी बन्दीहरूलाई खेलकुदका क्षेत्रमा निकै सहयोग पुग्ने प्रजिअ विष्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मनोरञ्जन तथा खेलकुद सामग्री नहुँदा कैदी बन्दीहरूलाई दिन बिताउन समेत समस्या थियो, साइन नेपालले खेलकुदका सामग्री प्रदान गरेपछि अब सहज हुने भएको छ ।” संस्थाले खेलकुद सामग्री प्रदान गरेपछि कैदी बन्दीहरु निकै खुसी भएका छन् ।यसैगरी उक्त संस्थाले जिल्लाको सायल गाउँपालिका र आदर्श गाउँपालिकामा गएको असोज अन्तिम साता परेको बेमौसमी वर्षासँगैको बाढी पहिरा पीडितहरुलाई पनि आज खाद्यान्न लगायतका राहत वितरण गर्ने कार्यक्रम रहेको संस्थाले जनाएको छ ।

उक्त संस्थाले जिल्लामा गैरसरकारी संस्था मार्फत महामारी, विपद, शिक्षा, स्वास्थ्य, छाउपडी लगायतका क्षेत्रमा सामाजिक कार्यहरू गर्दै आएको छ । जिल्लामा उक्त संस्थाले कोभिड–१९ ९कोरोना महामारी० नियन्त्रणमा समेत सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्