शिल्पा र राजविरुद्व ठगी मुद्दा

0
Shares

बलिउड अभिनेत्री शिल्पा शेट्ठी र उनका पति राज कुन्द्राविरुद्ध ठगीको मुद्दा परेको छ।

पलपल इन्डियाका अनुसार मुम्बईको बान्द्रा प्रहरी स्टेसनमा नीतिन बराई नामक व्यक्तिले शिल्पा र राजविरुद्ध ठगी तथा धोखाधडीको उजुरी दर्ता गराएपछि उनीहरूमाथि मुद्दा दर्ता भएको हो। उक्त व्यक्तिले उजुरीमा उल्लेख गरेअनुसार सन् २०१४ मा मेसर्स एसएफएल नामक कम्पनीको निर्देशक रहेकी शिल्पाका साथमा राज कुन्द्रा, काशिफ खान, दर्शित शाहलगायतका व्यक्तिले आफूलाई ठगी गरेको बताएका छन्। ‘त्यो बेला मलाई शिल्पालगायतले आफूहरूको कम्पनीको फ्रेन्चाइज लिएर पुणेमा स्पा तथा जिम खोल्दा फाइदा हुने भन्ने सल्लाह दिएपछि मैले एक करोड ५९ लाख २७ हजार रुपियाँ कम्पनीमा लगानी गरेको थिएँ। तर, मैले लगानी गरेको पैसा शिल्पा र राजले आफ्नो फाइदाको लागि उपयोग गरे र पछि पैसा फिर्ता माग्दा उल्टै धम्की दिए’ नीतिनले भनेका छन्। उनको उजुरीपछि शिल्पा, राज र अन्य आरोपीविरुद्ध ठगीको मुद्दा लगाएर उक्त मामलामा जाँचबुझ शुरू गरेको र छिट्टै उनीहरूसँग सोधपुछ गरिने समाचारमा जनाइएको छ।
अश्लील फिल्म निर्माण र बिक्री वितरणको विषयमा केही समयको जेल बसाइपछि हालै हिरासतबाट रिहा भएका राजलाई यस मुद्दाले थप समस्यामा धकेलेको छ।

Skip This