कंगनालाई पद्मश्री अवार्ड

0
Shares

बलिउड नायिका कंगना रनावत, निर्देशक करण जोहर र निर्माता निर्देशक एकता कपुर भारतको चौथो सर्वोच्च नागरिक सम्मान पद्मश्री अवार्डबाट सम्मानित भएका छन्।

सोमबार र मंगलबार भारतको राजधानी नयाँ दिल्लीमा आयोजना गरिएको समारोहमा कला श्रेत्रमा पुर्‍याएको योगदानको कदरस्वरूप उनीहरू सम्मानित भएका हुन्। उनीहरूलाई भारतका राष्ट्रपति रामनाथ कोविन्दले उक्त अवार्ड प्रदान गरेका थिए। अवार्ड समारोहमा तामिल, पञ्जाबलगायत कला क्षेत्रका कलाकर्मीसमेत सम्मानित भएका छन्।

प्रत्येक वर्ष भारत सरकारले कलालगायत विभिन्न विधा र क्षेत्रमा योगदान पुर्‍याएबापत सम्मान गर्ने यस अवार्डमा सात पद्म विभूषण, दश पम्म भूषण तथा एक सय दुई पद्मश्री अवार्ड प्रदान गरिएको थियो। पद्मश्री अवार्डबाट सम्मानित भएपछि अभिनेत्री कंगना रनावतले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गर्दै आफूले सो अवार्ड सपना देख्ने हिम्मत गर्ने महिलाहरूलाई समर्पित गरेको बताएकी छिन्।

Skip This