साउथ स्टार पुनित राजकुमारको निधन


न्युज अफ नेपाल, काठमाडौं ।

साउथ स्टार पुनित राजकुमारको निधन भएको छ । ४६ वर्षीय पुनितको आज हृदयाघातबाट निधन भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । शुक्रबार बिहान जिम क्लबमा उनलाई एक्कासी हृदयाघात भएको हो ।

पुनित कन्नड फिल्मका सुपरस्टार डा राजकुमारका पुत्र हुन् । उनले १२ फिल्ममा बाल कलाकारका रुपमा अभिनय गरेका थिए । पछि उनी साउथ इण्डियन चलचित्रमा ख्यातिप्राप्त स्टारका रुपमा स्थापित भएका थिए ।

हाल उनको शव एक स्थानीय अस्पतालमा राखिएको छ । उनको दाहसंस्कार भएको छैन । उनको निधनबाट साउथ इण्डियन फिल्म इण्डस्ट्री शोकाकुल बनेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।