‘चाइना टेलिकम’माथि अमेरिकी प्रतिबन्ध ‘द्वेषपूर्ण दमन’ : बेइजिङ



बेइजिङ ।

राष्ट्रिय सुरक्षाको चिन्तामा अमेरिकामा सेवा दिँदै आएको चिनियाँ दूरसञ्चार प्रदायक ‘चाइना टेलिकम’लाई देशभित्र सञ्चालन गर्न प्रतिबन्ध लगाउने संयुक्त राज्य अमेरिकाको निर्णय ‘द्वेषपूर्ण दमन’ भएको बेइजिङले बिहीबार बताएको छ । बेइजिङले यसले विश्वका गर्ने दुई बलिया अर्थतन्त्रले सम्बन्धमा सुधारका लागि गरिरहेको प्रयासमा प्रभाबित पार्नसक्ने चेतावनी दिएको छ ।

व्यापार, मानव अधिकार, ताइवान र कोभिड–१९ महामारीलगायतका थुप्रै बिषयहरूलाई लिएर यी दुई मुलुकहरूबीच तनाव रहेको देख्न सकिन्छ ।

यसै हप्ताको सुरुतिर वासिङ्टनले ‘चाइना टेलिकम’लाई अमेरिकाजलाई ६० दिनभित्र आफ्नो सेवा बन्द गर्ने आदेश दिएपछि अमेरिकामा लगभग दुई दशकको सेवा अन्त्य गर्नुपर्ने अवस्था आएको र यसले चीन र अमेरिकाबीचको सम्बन्ध थप तनावपूर्ण हुनसक्ने अनुमान गरिएको छ ।

‘चाइना टेलिकम’को ‘चीन सरकारको स्वामित्व र नियन्त्रणले महत्वपूर्ण राष्ट्रिय सुरक्षा र कानून प्रवर्तनमा जोखिम उठाएको’ अमेरिकी संघीय सञ्चार आयोगले बताएको छ ।

एफसीसीले भनेको छ, “यसले बेइजिङलाई ‘अमेरिकी सञ्चारमा पहुँच, भण्डारण, विघटन वा गलत मार्गका अवसरहरू प्रदान गरेको र यसले उनीहरूलाई अमेरिका विरुद्ध जासुसी र अन्य हानिकारक गतिविधिहरूमा संलग्न हुन सहज बनाएकोले उक्त निर्णय गर्नुपरेको हो ।”

तर बेइजिङले यस कदमलाई ‘राष्ट्रिय सुरक्षाको अवधारणाको सामान्यीकरण, राष्ट्रिय शक्तिको दुरुपयोग र तथ्य वा आधारबिना चिनियाँ कम्पनीमाथिको द्वेषपूर्ण दमन’ भन्दै उक्त कदमप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।

चिनियाँ वाणिज्य मन्त्रालयकी प्रवक्ता शु युटिङले पत्रकारहरूसँगको कुराकानीमा चीनको आर्थिक तथा व्यापार टोलीले संयुक्त राज्य अमेरिकासँग यस बिषयमा ‘गम्भीरतापूर्ण रूपमा कुरा राखेको’ र बेइजिङ प्रतिबन्धबाट चिन्तित भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्