हिलारी क्लिन्टनकी सहयोगीको यौन उत्पीडनमा परेको दाबी



वासिंगटन, (एजेन्सी) ।

अमेरिकाका पूर्व प्रथम महिला हिलारी क्लिन्टनका एक पूर्व निकटम महिला सहयोगीले आफ्नो संस्मरणमा आफूलाई एकजना सिनेटरले यौन उत्पीडन गरेको कुरा उल्लेख गरेकी छन् । अमेरिकी अखबार गार्डियनका अनुसार हुमा आवेडिनले सन् २००० को मध्यतिर आफ्नो घरमा आमन्त्रण गरेका एक नाम नखुलाइएका सिनेटरले सोफामा आफूमाथि कुनियतले झम्टिएको बताएकी छन् । उनले आफूलाई जबर्जस्ती चुम्बन गर्न खोजेपछि आफू प्रतिकार गर्न त्यहाँबाट भाग्न सफल भएको बताएकी छन् । उनले आफ्नो नयाँ पुस्तक ‘अ लाइफ इन मेनी वल्र्ड्स’ मा यस्तो दाबी गरेकी हुन् । यो पुस्तक आगामी साता प्रकाशित हुँदैछ । आवेडिन सन् २०१६ को डमोक्रेटिक राष्ट्रपतीय उम्मेदवारमध्ये एक हुन् । राष्ट्रपति ओवामाको कार्यकालका विदेशमन्त्री हिलारी क्लिन्टनको सबैभन्दा विश्वासिलो सहयोगीमध्ये एक आवेडिनलाई हिलारीकी ‘दोश्रो छोरी ’ समेत भनिने गरिन्थ्यो । हाल ४५ वर्षीया ओवेडिनले ती पीडक सिनेटर र उनको पार्टीको नाम भने सार्वजनिक गरेकी छैनन् ।

उनले भनेकी छन् – ‘वासिंगटनमा डिनर लिइसकेपछि म ती राजनीतिज्ञसँग बाहिर निस्केकी थिएँ । उनको घर छेउ पुगेपछि उनले कफी पिउन मलाई आमत्रण गरे । मैले उनको अनुरोधलाई सहर्ष स्वीकारेकी थिएँ । अचानक उनको नियत बदलियो । उनी मेरो दाँयातिर बसे । उनले बाँया हात मेरो काँधमा राखे । त्यसपछि उनले मलाई धकेल्दै मेरो मुखमा आफ्नो जिब्रो ठेल्दै चुम्बन गर्न खोजे ।’

प्रतिक्रिया दिनुहोस्