लामो केश पाल्न नदिइएपछि विद्यार्थीद्वारा मुद्दा दायर



ह्युस्टन, (एजेन्सी) ।

अमेरिकाको टेक्सास डिस्ट्रक्टविरुद्ध सातजना विद्यार्थीले पोशाक नियम नीतिअनुसार केटाहरूलाई लामो केश पाल्न प्रतिबन्ध लगाइएका कारण क्षतिपूर्ति माग गरेका छन् । यस सिलसिलामा विद्यालयका अधिकारीहरूले लामो केश पालेकै कारण सजायस्वरूप एकजना ९ वर्षीय विद्यार्थीलाई सामान्य ब्रेक र लन्च ब्रेक लिन नदिनुका साथै एक महिनासम्म निलम्बन गरिएका ती पीडित विद्यार्थीहरूले दायर गरेको मुद्दाको व्यहोरामा उल्लेख गरिएको छ । ती निलम्बित लगायत अन्य ७ देखि १७ वर्ष उमेर समूहका छात्रहरूले यस पोशाक नियमले अमेरिकाको संविधान र लंैगिक भेदभाव गर्न नमिल्ने कानुनको उल्लंघन गरेको दाबी गरेका छन् ।

स्कुल डिस्ट्रिक्टले भने आफूले मुद्दामाथि पुनरावलोकन गरिरहेको बताएको छ । अमेरिकी सञ्चार माध्यमलाई पठाइएको इमेलमा म्याग्नोलिया इन्डिपेन्डेन्ट स्कुल डिस्ट्रिक्टका महिला प्रवक्ताडेनाइज मियर्सले भनेकी छन् – ‘विद्यालयले फरक मतहरूको पनि सम्मान गर्दछ । हामी परिवर्तनका लागि आवाज उठाउने नागरिकहरूको अधिकारको पनि सम्मान गर्दछौं ।’

ह्युस्टनदेखि करिब ६४ किमि उत्तर पश्चिममा पर्ने यस विद्यालयमा झण्डै १३ हजार विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीहरूको तर्फबाट टेक्सासको नागरिक स्वतन्त्रता संघले क्षतिपूर्तिको माग गर्दे मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया दिनुहोस्