दुर्लभ सिक्का दुई लाख पाउन्डमा लिलाम हुने !



वासिंगटन, (एजेन्सी) ।

अमेरिकाको पहिलो तथा अत्यन्तै दुर्लभ मानिएका सिक्कामध्ये एउटा सिक्का एउटा मिठाइको टिनभित्र संकलन गरेर लुकाइएको अवस्थामा फेला परेको छ । वेन्टवर्थ ब्युमोन्ट नामक व्यक्तिले नर्थअम्वल्र्यान्डको बाइवेल हलस्थित आफ्नो पुख्र्यौली घरमा सत्रौँ शताब्दिको मध्यतिरको सो सेन्च्युरी न्यु इंगल्यान्ड सिलिङ भेटाएका हुन् ।

मास्साचुसेत्स बे कोलनीमा शुरूमा बसोवास गर्न आउनेहरूले प्रयोग गर्ने गरेको सो सिक्कामा सन् १६५२ उल्लेख गरिएको छ । आगामी साता बेलायतको राजधानी लन्डनमा लिलाममा राखिँदा यो सिक्का २ लाख पाउन्डसम्ममा बिक्री हुनसक्ने अनुमान गरिएको छ ।

कला सल्लाहकार रहेका ब्युमोन्ट बताउँछन् – ‘मैले घरको स्टडी रुममा एउटा पुरानो चकलेट राखिने टिनको बट्टामा यो अन्य पुराना सिककासँगै फेला पारेको हुँ । सिक्का विशेषज्ञलाई नदेखाउन्जेल मलाई यो त्यति मूल्यवान होलाजस्तो लागेको थिएन ।

मोर्टन एन्ड एडन लिलामकर्ताका लागि सिक्का परीक्षण गरेका सिक्का विशेषज्ञ जेम्स मोर्टनले न्यु इंगल्यान्ड सिलिङको यस्तो उत्कृष्ट नमुना देखेर आफू छक्कै परेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्