पिकासोका कलाकृति ११ करोड डलरमा बिक्री



वासिंगटन, (एजेन्सी) ।

अमेरिकाको लास भेगसस्थित एउटा होटेलमा विगत दुई दशकभन्दा लामो समयदेखि प्रदर्शनमा राखिएका विश्व विख्यात कलाकार पाब्लो पिकास्सोद्वारा तयार गरिएका एघारवटा कलाकृृति झण्डै ११ करोड अमेरिकी डलरमा लिलाम भएको छ ।

एमजिएम रिसोर्ट्सको स्वामित्वमा रहेका ती पेन्टिङ तथा अन्य कृति बेल्लाजियो होटेलको पिकासो रेस्टुरेन्टमा सजाएर राखिएको थियो । शनिबार त्यति धेरै दाममा पेन्टिङ बिक्री भएपछि लिलाम गृहले यसले आफ्नो फाइन आर्ट कलेक्सन विविधतामा सुधार ल्याएको जनाएको छ ।

ती एघारवटा कलाकृतिमध्ये नौ वटा पेन्टिङ र बाँकी दुईवटा सेरामिक्स कलात्मक वस्तु रहेका छन् । स्पेनी कलाकार पिकासोको सन् १९७३ मा निधन भएको हो । सन् १९३८ मा पिकासोले आफ्नी प्रेमिका र कल्पना म्यारी थेरेसे वाल्टरलाई चित्रित गरेर ‘पेन्टिङ वुमन इन अ रेड अरेन्ज बेरेट’ सबैभन्दा महँगो अर्थात् ४ करोड ५० लाख डलरमा बिक्री भएको थियो । शुरूमा यो पेन्टिङ २ देखि ३ करोड डलरमा बिक्री हुनसक्ने अनुमान गरिएको थियो । त्यसै गरी अर्को ‘होम्मे एट एन्फान्ट ( पुरुष र बालक ) शीर्षकको अनुपम पेन्टिङ २ करोड ४४ लाखमा बिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्