सुटिङका क्रममा अभिनेताले चलाएको गोली लागेर छायांकारको निधन



मेक्सिकोमा छायांकन भइरहेको हलिउड फिल्म रस्टको छायांकनको क्रममा भएको दुर्घटनावस गोली लागेर फिल्मकी महिला छायांकार हेलिना हचकिन्सको निधन भएको छ। समाचारअनुसार घटनामा फिल्मका निर्देशक जोयल सुजा गम्भीर घाइते भएका छन्।

घटनापछि हेलिनालाई तुरुन्तै अल्बुकर्कस्थित न्यु मेक्सिको अस्पतालमा लगिए पनि उनको ज्यान बचाउन नसकेको र निर्देशक जोयललको भने उपचाररत रहेको युएसए टुडेमा प्रकाशित समाचारमा उल्लेख गरिएको छ। फिल्म छायांकनको क्रममा अभिनेता एलेक बाल्डिविनको फायर गरेको प्रप गन दुर्घटनावस उनलाई लाग्दा उक्त घटना भएको सञ्चारमाध्यमले जनाएका छन्। समाचारमा मेक्सिकन प्रहरीको भनँइलाई उद्धृत गर्दै छायांकनमा कस्ता खालका गोली तथा सामग्री प्रयोग गरिएकोबारे अनुसन्धान भइरहेको छ। छायांकनमा सहभागी व्यक्तिहरूसँगको सोधपुछपछि घटनाबारे थप जानकारी बाहिर आउने समाचारमा जनाइएको छ। दुर्घटनापछि फिल्मको सम्पूर्ण काम रोकिएको छ भने नोभेम्बरको शुरुआतसम्मका लागि फिल्मको काममा रोक लगाइएको छ।

अभिनेता एलेक फिल्मको निर्मातासमेत हुन्। छायांकारको निधन भएपछि क्यामेरा वर्कस एन्ड सिनेमाटोग्राफर्स एसोसियसनले हालिनको परिवारप्रति समवेदना व्यक्त गर्दै घटनाको स्थिति स्पष्ट नभएको र घटनाबारे सत्यतथ्य जानकारी जुटाउन सहयोग गर्ने विज्ञप्ति जारी गरेको छ। कुशल महिला छायाँकारको रूपमा लोकप्रियता कमाएकी हेलिनालाई हलिउड फिल्म जगतसँग निकै लगाव रहेको थियो। उनले ४० भन्दा धेरै संख्यामा फिल्म निर्देशन गरेकी थिइन् भने उनी सञ्चारकर्मीसमेत रहेकी थिइन्।

छायांकनको क्रममा गोली लागेर फिल्मकर्मीकै निधन भएको घटना विरलै भएको कारण यस घटनापछि हलिउड फिल्म जगतमा सनसनी मच्चिएको छ। फिल्मकर्मीको निधनपछि छायांकनमा वास्तविक जस्तै देखाउनका लागि प्रयोग गरिने प्रप गनको प्रयोगबारे विवाद र बहस भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्