नाइजेरियामा ५० बन्दुकधारी मारिए



लागोस । द्वन्द्वग्रस्त मुलुक नाइजेरियामा थप ५० बन्दुकधारी मारिएका छन् । देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने काडुना राज्यमा सोमबार उनीहरू मारिएको सरकारी अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।

नाइजेरियाको सरकारी सुरक्षाकर्मीहरूले संयुक्त कारबाही अभियान चलाइरहेका बेला उनीहरूको मृत्यु भएको जनाइएको छ । काडुना राज्यको अन्तरिक सुरक्षा तथा गृह मामिला मन्त्रालयद्वारा जारी वक्तव्यमा गोप्य सूचनाका आधारमा सुरक्षाकर्मीहरूले सुरक्षा कारबाही गरेको उल्लेख छ ।

घटनामा परी ५० भन्दा बढीको मृत्यु भएको मन्त्रालयले दाबी गरेको छ । उनीहरू माथि हवाई र स्थलगत दुवै माध्यमबाट आक्रमण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्