कलिलो उमेरमा विश्व घुमेर नयाँ किर्तिमान



सानफ्रन्सिस्को,(एजेन्सी) ।

अमेरिकी २३ वर्षिया युवती लेक्सी एल्फोर्डले विशवका सबै मुलुक भ्रमण गर्ने अहिले सममक सबैभन्दा कम उमेरका व्यक्तिको उपाधि हासिल गरेकीछन् । यस विश्व किर्तिमान राखन उनले सत मुलुकहरुको जहाज , ट्रेन र विमानबाट यात्रा गरेकी थिइन् ।

तर उनले आफुलाई सबैभन्दा बढि ट्रन यात्रा मज्जा लागेको प्रतिक्रिया दिएकीछन् । उनका अनुसार ट्रेनबाट मनोरम दृशयहरुको आनन्द लिन सकिन्छ । क्यालिफोर्नियाको नेवाडा शहर निवासी एल्फोर्डले हालसालै मात्र गिनिज वलर्ड रेकर्ड तोड्न सफल भएकी हुन् । उनले सबै मुलुक एक्लै भ्रमण गरेकी थिइन् । आफ्नो लक्ष प्राप्त गर्न उनलाई झण्डै करिव तीन वर्ष लागेको थियो ।

उनकी आमाको क्यालिफोर्नियामा ट्राभल एजेनसी भएकाले पनि उनले सानै उमेरदेखि घुम्ने बानी बसालेकी थिइन् । पानी मुनि डाइभिंग गर्ने साहसिक अनुभवका कारण उनलाई इन्डोनेसियाको भ्रमण अविस्मरणणिय लागेको छ । तर उनले भेनेजुयला र पाकिस्तान लगायत अन्य के मुलुक जाने भिसाका लागि महिनौं पर्खनु परेको थियो । विश्वमै सबैभन्दा व्यवस्थित ढंगले इतिहासको संरक्षण गर्ने मुलुकको रुपमा उनले इजिप्टलाई लिने गर्दछिन् ।

प्रतिक्रिया दिनुहोस्