चीनमा भिषण बाढी , लाखौं व्यक्ति प्रभाबित



बेइजिंग,(एजेन्सी) । 

चीनको उत्तरी सान्सी प्रान्तमा आएको भिषण बाढीका कारण १७ लाख ६० हजार भन्दा बढि मानिस प्रभाबित भएको स्थानिय संचार माध्यमले जनाएको छ । गत साता आएको अविरल भिषण वर्षाको कारण यस प्रान्तका ७० वटा भन्दा बढि शहर र जिल्लामा घरहरु ढल्नुका साथै पहिरो आएको हो । अझै भइरहेको घनघोर वर्षको कारण उद्धार प्रयासमा कठिनाइ भइरहेको अधिकारीहरुले बताएका छन् ।

तीन महिनाअघि मात्र भिषण वर्षाकै कारण आएको बाढीमा हेनान प्रान्तमा ३ सय जना भन्दा बढि मानिसले अकालमा ज्यान गुमाउनु परेको थियो । थुप्रसंख्यामा प्राचिन ऐतिहासिक कलाकृति रहेको सान्सीमा बाढीको कारण ति समपदा पनि खतरामा परेका छन् ।सरकारी आधिकारिक समाचार निकाय सिन्ह्वाका अनुसार १ लाख भन्दा बढि स्थानिय वासिन्दालाई ततकालै सुरक्षित गन्तव्य तर्फ सारिएका छन् भने सान्सी प्रान्तभरि १७ हजार वटा घर भत्केका छन् ।

सरकारी अखवार ग्लोबल टाइम्सका अनुसार पहिलोमा परेर चारजना प्रहरी अधिकारीको ज्यान गएको छ । तर अन्य मानविय क्षतिको तथ्यांक प्राप्त भइसकेको छैन । सान्सीको प्रानित्य राजधानी ताइयुआनमा गत साता करिव १ सय ८५ दशमलव ६ मिलिमिटर पानी परेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्