शनिबार कोशी र मधेसमा वर्षा तथा हिमपातको सम्भावना


काठमाडौँ ।

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल हिमाली भूभागमा आंशिक बदली रहेको छ भने तराई, उपत्यका तथा खोँचका अधिकांश स्थानमा तुवाँलो लागेको छ।

आज दिउँसो र राति कोशी तथा मधेस प्रदेशमा आंशिक बदली रहनेछ भने अन्य भूभागको मौसम मुख्यतया सफा रहनेछ।

शनिबार भने देशभर आंशिक बदली रहनेछ। कोशी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपात तथा मधेस प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।