रसियामा विमान दुर्घटना हुँदा १६ को मृत्यु



 मस्को,(एजेन्सी)  ।

रसियामा बिसजना प्याराशुट गर्ने व्यक्ति र दुईजना चालकदल सवार एउटा विमान उडेको केहि क्षणपछि नै एउटा इन्जिनमा खराबी आएको कारण आइतवार दुर्घटनाग्रस्त भएको रुसी सरकारी समाचार निकाय इतार तासले जनाएको छ ।

पायलटद्वयले तत्काल आपतकालिन अवतरण गर्ने क्रममा धावनमार्ग नजिक रहेको एउटा सवारी साधनमा ठोकिएर विमान पल्टिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । यस दुर्घटनामा १६ जनाको मृत्यु भएको छ भने ६ जनाको अवस्था चिन्ताजनक रहेको छ । विमान जमिनबाट ७० मिटर माथि पुगेपछि पायलटहरुले बाँयापटिको इन्जिन अचानक बन्द भएको रिपोर्ट गरेका थिए ।

 टाटास्र्टानका गवर्नर रुस्तम मिन्नीखानोभले मेन्जेलिन्स्क शहर नजिक आपतकबकालिन अवतरणको कोसिस गरिँदा सो विमानको एउटा पखेटा एउटा मिनी भ्यानसंग ठोकिएको बताइएको छ ।

छोटो दुरीको यात्राका लागि प्रयोग हुने दुई इन्जियुक्त सो एल– ४१० विमान सोहि शहरको एउटा एरोक्लबको हो । अनुसनधान जारी रहेको भन्दै सो एरोक्लबले अन्तर्राष्ट्रिय समाचार निकाय रोयटर्सलाई केहि पनि बताउन अस्विकार गरेको छ ।

अनुसन्धान समितीले सुरक्षा नियमहरु उल्लंघन भएको हुनसक्ने आशंकामा आपराधिक अनुसनधान शुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्