हत्याको आरोपमा संघिय मन्त्रीको छोरा गिरफतार



नयाँदिल्ली (एजेन्सी) ।

आठ जना मानिसको ज्यान जानेगरी सवारी दुर्घटना घटाएको आरोप लागाइएको छ दिन पछि अन्तत भारतिय संघिय मन्त्रीका छोरोलाई प्रहरीले गिरफतार गरेको छ ।

आषिश मिश्रलाई चौंध दिन लामो न्यायिक हिरासतमा पठाइएको छ । उनले आफ्नो पिता अर्थात सहायक गृहमन्त्री अजय मिश्रको कारलाई उत्तर प्रदेश राज्यको सडकमा विरोध प्रर्दशन गरिरहेका किसानहरु माथि जोताउँदा चारजना पुरुषको ज्यान गएको थियो ।

कृषकहरुले यस काण्डमा आशिष मिश्रको हात रहेको अरोप लगाए पनि मिश्र परिवारले आरोप अस्विकार गर्दै आएका थिए । त्यसपछि आक्रोसित भिडले कार ड्राइभर लगायत कारमा सवार तीनजनालाई नमरुन्जेल कुटेको थियो । यस हिंसामा एकजना पत्रकारले पनि ज्यान गुमाउनु परेको छ ।
१२ घन्टा लामो सोधपुछ पछि प्रहरीले शनिवार राति आशिष मिश्रलाई पक्राउ गरेको हो ।

शुक्तवार नै उनलाई सोधपुछका लागि प्रहरी समक्ष उपस्थित हुन आदेश दिइएको थियो । तर उनले सो आदेश पालना गरेको थिएन । उप प्रहरी महानिरिक्षक उपेन्द्र अग्रवालले अन्तर्राष्ट्रिय समाचार निकाय रोयटर्सलाई भनेका छन् , ‘ हामीले आशिषलाई हिरासतमा लिँदैछौं । उनले अनुसनधानमा सहयोग गरिरहेको छैन् ।

भारतको सर्वोच्च अदालतले राज्य सरकारलाई अनुसन्धान सम्बन्धी प्रतिवेदन बुझाउन आदेशक दिएको केहि घन्टा पछि विहिवार नै प्रहरीले घटनाको सिलसिलामा अन्य दुईजना पुरुषलाई गिरफतार गरेको थियो ।

दुर्घटनाको रुप दिइएको यस कारआक्रमण माथि अनुसनधान गर्न राज्यका सरकारी अधिकारीहरुले एकजना अवकाश प्राप्त न्यायधिशको नेतृत्वमा एउटा आयोग पनि गठन गरेका छन् ।दशौं हजार किसानले गत नाभेम्वर देखि नै आफुहरुलाई अनुपयुक्त कानुन फिर्ता दिन दवाव दिँदै दिल्ली वरपर सरकार विरुद्ध धर्ना दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्