इजरायलमा प्राचीन शौचालय भेटियो



जेरुसेलम,(एजेन्सी) ।

इजरायली पुरातत्वविदहरूले जेरुसेलममा एउटा दुर्लभ तथा प्राचीन शौचालय फेलापारेका छन् । यो शौचालय २ हजार ७ सय वर्षभन्दा पुरानो भएको बताइएको छ । त्यतिबेला यस पवित्र शहरमा निजी शौचालयलाई पनि विलासिताको वस्तुकारूपमा हेर्ने गरिन्थ्यो ।

इजरयाली पुरातत्व निकायले अहिले ओल्ड सिटीको रूपमा चिनिने स्थानमा एउटा भवनतर्फ फर्केको आयताकार क्याबिनमा चिप्लो र खोपिएको चुन ढुंगाबाट निर्मित सो शौचालय भेटिएको बताएको छ । भूमिगत गहिरो सेफ्टिटैंक सहित आरामसँग बसेर प्रयोग गर्ने खालको यसको डिजाइन रहेको छ ।

उत्खनन समूहका निर्देशक याकोभ बिलिङले भनेका छन् – ‘ प्राचीनका लमा निजी शौचालय हुन भनेको निकै दूर्लभ कुरा थियो । अभिजात्यवर्गले मात्र यसको उपभोग गर्न सक्थ्यो । अझ घरभित्रै शौचालय हुनु ठूलो शानको कुरा थियो ।’

सेप्टि टैंकभित्र जनावरका हाड र भाँडाकुडा पनि भेटिएकाले त्यसले त्यतिबेलाको मानिसहरूको जीवनशैली बुझ्न मद्दत गर्ने पनि पुरातत्व निकायले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्