‘ताइवान चीनको दबाबसामु नझुक्ने ’



ताइपेइ,(एजेन्सी) ।

ताइवानी राष्ट्रपति त्साइ इङ – वेनले ताइवान चीनको दबाबसामु नझुक्ने र बरूयसले आफ्नो प्रजातान्त्रिक जीवनशैलीलाई निरन्तरता दिने जनाएकी छन् ।

त्साइले भनेकी छन्, –हामीले जति प्रगति र सफलता हासिल गर्दछौं त्यति नै धेरै हामीले चीनको चुनौती  भोग्नुपर्दछ । ताइवानको राष्ट्रिय दिवसको उपलक्ष्यमा भाषण दिने क्रममाउनले यस्तै अभिव्यक्ति दिएकी हुन् ।

चीनका राष्ट्रपति सिजिनपिङले भने पुनःएकीकरणको कार्यलाई पूरा गरिने प्रतिवद्धता जनाएका छन् । ताइवानले आफूलाई स्वतन्त्र र सार्वभौम मुलुक ठान्दछ । तर,चीनले भने ताइवानलाई आफ्नो प्रान्तबाट टुक्रिएको भूभाग मान्दै आएको छ । बेइजिङले एकीकरणाका लागि आवश्यक परे फौज प्रयोग गर्न पनि पछि नहट्ने जनाइसकेको छ ।

पछिल्ला दिनहरूमा चीनले ताइवानको हवाई प्रतिरक्षा क्षेत्रमा सैनिक लडाकु विमान पठाउन गरेको छ । केही अन्तर्राष्ट्रिय राजनीतिक विशलेषकहरूले यस्तो सैनिक लडाकु विमानको उडानले ताइवानका राष्ट्रपतिलाई चेतावनी दिन खोजेको हुनुपर्ने अनुमान लगाएका छन् ।

त्साइले भनेकीछन् – ‘ताइवानप्रजातन्त्रको प्रतिरक्षाकापहिलो रेखामाउभिरहेको छ । चीनले हामी माथिलादेको बाटो जबर्जस्तीलान सक्तैन । चिनियाँ पथले स्वतन्त्रता, प्रजातन्त्रवा सार्वभौम दिन  सक्तैन । ताइवानको वायु प्रतिरक्षा क्षेत्रमा चीनको सैनिक उडानले ताइवानको राष्ट्रिय सुरक्षा र उड्डयन मजबुतीलाई गम्भीर रूपमा असर पारेको छ ।

प्रतिक्रिया दिनुहोस्