‘पाकिस्तानको पारमाणविक बमकापिता’ को कोरोनाबाट निधन



इस्लामावाद,(एजेन्सी) ।

‘पाकिस्तानको पारमाणविक बमकापिता’ का नामले चिनिने डाक्टर अब्दुलकादिर खानको ८५ वर्षको उमेरमा निधन भएको आइतबार पाकिस्ताानी सरकारी समाचार निकायले जनाएको छ । कोभिड १९ संक्रमित भएपछि उनको अस्पतालमा उपचार भइरहेको थियो ।

पाकिस्तानलाई विश्वकै पहिलो पारमाणविक शक्ति सम्पन्न इस्लामिक मुलुक बनाएको डा. खानलाई राष्ट्रिय विभूतिकारूपमा सम्मान गरिने गरेको छ । तर, परमाणविक गोप्यदस्तावेज उत्तर कोरिया र इरानतर्फ तस्करी गरेका कारण उनीत्यतिकै अलोकप्रिय र बदनाम पनि थिए ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले ट्विटर मार्फत यसरी दुखव्यक्त गरेका छन् – ‘पाकिस्तानले एक राष्ट्रिय प्रतीक गुमाएको छ । हाम्रो मुलुकलाई पारमाणविक शक्ति सम्पन्न मुलुक बनाउन महत्वपूर्ण योगदान दिएकाले उनीहामी सबैका प्यारो थिए ।

ए क्यु खानको उपनामले पनि चिनिने गरेका  यीवैज्ञानिकले इस्लामावाद नजिकको काहुतामा पास्तिानकै पहिलो पारमाणविक प्रशोधन भट्टी स्थापना गर्न निकै सक्रिय सहभागिता देखाएका थिए ।

सन् १९९८ मा पाकिस्तानले पहिलो पारमाणविक परीक्षण गरेको थियो । भारतले पारमाणविक परीक्षण गरेको केही समयपछि नै उनको योगदानका कारण पाकिस्तानले पनि पारमाणविक परीक्षण गरेर देखाउन सकेको थियो । डा. खानकै कारण पाकिस्तान विश्वको सातौं पारमाणविक हातहतियार सम्पन्न मुलुक बनेको थियो ।

तर, सन् २००४ मा इरान, लिबिया र उत्तर कोरियालाई अवैध ढंगले पारमाणविक प्रविधि बाँडेको आरोपमा उनी पक्राउमा परेका थिए । उनको यस कार्यबाट पाकिस्तान स्तब्ध बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्