आयो उकालो बाटो

1.79k
Shares

गायक–गायिका प्रताप दास र रचना रिमालको स्वरको गीत उकालो बाटो म्युजिक भिडियोसहित सार्वजनिक भएको छ।

गीतमा दीपक शर्माको शब्द रचना र संगीत तथा नरेन्द्र वियोगीको संगीत संयोजन रहेको छ। अम्बिका थापाको प्रस्तुति रहेको म्युजिक भिडियोमा महेश खड्का र सृष्टि खड्कालाई फिचरिङ गरिएको छ। म्युजिक भिडियोमा उनीहरूको रोमान्टिक भाव देखाइएको छ।

भिडियोमा मदन कश्यप घिमिरेको छायांकन, तारा थापा ‘किम्भे’ को सम्पादन र कृष्ण लिम्बूको कोरियोग्राफी रहेको छ। लोकप्रिय नृत्य निर्देशक तथा फिल्म निर्देशक गोविन्द राईद्वारा निर्देशित म्युजिक भिडियोलाई अम्बिका थापा र सुवर्ण थापाले निर्माण गरेका हुन्।