ताइवानसँग शान्तिपूर्ण एकीकरण हुनैपर्छ : सिजिनपिङ

1.97k
Shares

ताइपेइ, (एजेन्सी) ।

चिनिया नेतासि जिनपिङले शनिबार ताइवानसँगको एकीकरण हुनैपर्ने र त्यो कार्य शान्तिपूर्वकै हुने बताएका छन् । चीनबाट ताइवानमा आक्रमण हुनसक्ने अन्तर्राष्ट्रिय अड्कलबाजी भइरहेकाबेला पिङको यस्तो प्रतिक्रिया सार्वजनिक भएको हो । चीनको राजधानी बेइजिङस्थित ग्रेट हल अफ दि पिपुलमा आयोजित एक औपचारिक कार्यक्रममा बोल्ने क्रममा चिले भनोका छन्, – ‘सत्तारुढ कम्युनिस्ट पार्टीले चीनलाई विश्वमा उदाउँदो शक्तिशाली एवं प्रभावशाली मुलुकको रूपमा अघि बढाउनु पर्दछ । मुलुकको पुनःएकीकरणबारे महशुस गर्नुपर्छ, पक्कै पनि महशुस गरिने छ ।ताइवानी स्वदेशवासी लगायत चीनको समष्टिगत चासो भनेको शान्तिपूर्ण तरिकाले पुनःएकीकरण गर्नु हो ।’

गणतन्त्र चीनको स्थापनार्थ सन यात्सेनको नेतृत्वमा क्विङवंश अपदस्थ गराउन सन् १९११ भएको चिनियाँ क्रान्तिको सम्मानमा आयोजित १ सय १० औं वार्षिक कार्यक्रममा पिङले सो विचार व्यक्त गरेका हुन् । ताइवानमा भने १० अक्टोवरलाई राष्ट्रिय दिवसको रूपमा मनाइन्छ । अहिले चीनमा एकदलीय राजनीतिक प्रणाली छ भने ताइवानमा भने बहुदलीय प्रजातान्त्रिक व्यवस्था रहेको छ ।

ताइवानी आकाशमा चीनले सैनिक विमान अभ्यासको नाममा अहिलेसम्मकै सबैभन्दा ठूलो संख्यामा आफ्ना लडाकु विमान पठाएको केहि दिनपछि नै चीनको यो विचार सार्वजनिक भएको हो ।