पत्रकारद्वयलाई नोबेल शान्ति पुरस्कार प्रदान



मनिला,(एजेन्सी) ।

फिलिपिन्स र रसियामा अभिव्यक्ति स्वतन्त्रताको प्रतिरक्षाका लागि उल्लेखनीय संघर्ष र योगदान गरेबापत पत्रकारद्वय मारिया रेस्सा र दिमित्री मुरातोभलाई सन् २०२१ को शान्तिका लागि नोबेल पुरस्कार दिने घोषणा गरिएको छ ।

नोबेल पुरस्कार समितिले यस जोडीलाई स्वतन्त्र अभिव्यक्तिको सवालमा उठ्ने सम्पूर्ण पत्रकारको प्रतिनिधिको संज्ञा दिएको छ ।यी पत्रकारहरूको अनुसन्धानका कारण तिनीहरूका मुलुकका शासक आक्रोशित भएका छन् भने तिनीहरूविरुद्ध थुप्रै डर धम्की दिइएको थियो । नोबेल पुरस्कार विजयी घोषणा गरिएयता पनि ती दुवैले प्रेस स्वतन्त्रताको प्रतिरक्षाबारे नै बोलेका छन् । न्युज साइट र्‍यापलरका सह–संस्थापक रेस्साले भनेकी छन् – ‘अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गरेर मेरो देश फिलिपिन्समा अधिकारको दुरुपयोग, हिंसाको प्रयोग र बढ्दो अधिनायकवादलाई भण्डाफोर गरें ।’

नोबेल समितिका अनुसार स्वतन्त्र अखबार नोभाया गजेटाका सह–संस्थापक तथा सम्पादक मुरातोभले बढ्दो चुनौतीपूर्ण परिस्थितिका बाबजुद रसियामा दशकौंदेखि अभिव्यक्ति स्वतन्त्राताको प्रतिरक्षा गर्दै आएका छन् ।

समितिले जनाएको छ ।स्वतन्त्र आत्मनिर्भर र सत्यमा आधारित पत्रकारिताले शक्तिको दुरपयोग, झुठ र प्रपोगान्डा युद्धबाट जनतालाई जगाउन सक्छ । अभिव्यक्ति र प्रेस स्वतनत्रता बिना सफल तरिकाले मुलुकहरूबीच भ्रातृत्व र निशस्त्रीकरण प्रवर्धन गर्न तथा समयानुकूल असल विश्व बनाउन कडी हुनेछ ।

यीदुई पत्रकारलाई ११ लाख अमेरिकी डलर बराबरको पुरस्कार रकम दामासाही रूपमा वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्