दीपिकालाई ग्लोबल अवार्ड



बलिउड अभिनेत्री दीपिका पादुकोणले अन्तर्राष्ट्रिय जगत्मा अर्को सफलता हासिल गरेकी छिन्।

दीपिकाले एचबीडब्ल्यू मिडिया अर्थात् अन्तर्राष्ट्रिय डिजिटल मिडिया प्लेटफर्मद्वारा प्रदान गरिने ग्लोबल अचिभमेन्ट अवार्ड २०२१ मा बलिउड फिल्म जगत्मा उनको प्रभाव र उपलब्धिका लागि बलिउड अभिनेत्रीको अवार्ड चुमेकी छिन्। संसारभरका तीन हजार प्रभावशाली व्यक्तिको नामांकन गरिएको उक्त अवार्डको सूचीमा अमेरीकी पूर्वराष्ट्रपति बाराक ओबामा, फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोलगायतको नाम पनि रहेको छ भने फिल्म क्षेत्रबाट दीपिका पादुकोण एक मात्र व्यक्ति रहेकी थिइन्। यो अवार्ड चुम्ने दीपिका पहिलो भारतीय हुन्। सन् २०१८ मा पनि दीपिका विश्वका एक सय प्रभावशाली महिलाको सूचीमा पर्न सफल भएकी थिइन् । यो अवार्ड चुमेपछि संसारभर दीपिकाको लोकप्रियताको उचाइ थप चुलिएको छ।

प्रतिक्रिया दिनुहोस्