कोरोनाका कारण सीमा क्षेत्रमा विवाह आयोजित



न्युयोर्क, (एजेन्सी) ।

अमेरिकाको न्युयोर्क निवासी एक जोडीले अमेरिका र क्यानाडाको सिमानामा गएर विवाह गर्ने निर्णय कार्यान्वयन गरेका छन् । कोभिड १९ महामारीका कारण सिमाना बन्द भएपछि दुलहीका माता पिता र बज्यैले पनि विवाह कार्यक्रममा सरिक हुन सकून् भन्ने हेतुले विवाह सीमा क्षेत्रमा सम्पन्न गर्ने तय भएको हो । न्युयोर्कको क्याडीभल्ले निवासी स्कि प्रशिक्षक जोडी क्यारेन माहोनी र ब्रियान रेले गत साता नै क्यानाडाली सीमा खुल्ने आशाले सेप्टेम्बरमा नै विवाह गर्ने कार्यक्रम बनाएका थिए ।

तर, त्यतिबेलासम्म पनि सीमा पार गर्न बन्देज नै लाइएकाले तिनीहरूले नयाँ कार्यक्रम बनाउनुपरेको हो । ३५ वर्षअघि आफूलाई स्कि सिकाउने क्रममा माहोनीले रेलाई भेटेकी थिइन् । माहोनी जसरी भए पनि क्यानाडाको क्युवेकमा बस्ने आफ्ना मातापिता र ९६ वर्षीया हजुरआमालाई आफ्नो विवाहमा सरिक गराउन चाहन्थिन् ।

रेका बाल्यकालका मित्र तथा हाल सीमा गस्ती अधिकारी ब्रियानले जारी रहेको बन्देजका बाबजुद पनि तिनीहरूका लागि जेमिसन लाइन बोर्डर क्रसिङमा विवाहका लागि चाँजोपाजो मिलाइदिँदा परिवारका सदस्यहरूकै उपस्थितिमा तिनीहरूको विवाह सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्