तान्जानियाली उपन्यासकारलाई नोबेल पुरस्कार



स्टकहोम, (एजेन्सी) ।

तान्जानियाली उपन्यासकार अब्दुलराजाक गुर्नाहले आफूलाई सन् २०२१ को साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरिएकोमा निकै खुशी लागेको प्रतिक्रिया दिएका छन् । स्विडिस एकेडमीले गुरनाहको आपैनिवेशवादको असरहरूमाथि साहित्यमार्फत व्यक्त गरिएका अडान र करुणा भावको प्रशंसा गरिएको छ । उनले प्राप्त गर्ने पुरस्कारको धनराशि ११ लाख ४० हजार अ‍ेमरिकी डलर रहेको छ ।

७३ वर्षीय गुरनाहले ‘प्याराडाइज एन्ड डिसर्सन’ र ‘डेलिकेसन टु ट्रुथ’ लगायत १० वटा उपन्यास लेखेका छन् । त्यतिका महान लेखकहरूका सूचीबाट पुरस्कारका लागि आफूलाई छानिएकोमा अत्यन्तै खुशी भएर उनले एकेडमीप्रति आभार व्यक्त गरेका छन् । सन् १९९४ मा प्रकाशित उनको ‘प्याराडाइज एन्ड डिसर्सन’ पनि उनले बीसौं शताब्दीको शुरूमा तान्जानियामा हुर्केका एकजना केटाले कसरी बुकर्स पुरस्कार जिते भन्ने कथावस्तु उल्लेख गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्