चलचित्र छायांकनका लागि नेपाल आएका खेरले गरे पशुपतिनाथको दर्शन



न्युज अफ नेपाल‚ काठमाडौँ ।

उचाइ फिल्म छायाँकनका लागि नेपाल आइपुगेका बलिउड कलाकार अनुपम खेरले पशुपतिनाथको दर्शन गरेका छन् ।

सामाजिक सञ्जालमा पशुपतिनाथको दर्शन गरेको तस्वीर सार्वजनिक गर्दै खेरले लेखेका छन् ‚’प्राचिन मन्दिर पशुपतिनाथको दर्शन गर्दै सबैको कल्याण‚ स्वास्थ्य र शान्तिका लागि प्रार्थना गरेँ ।’

खेरसँगै अभिनेत्री परिणिती चोपडा‚ अभिनेता बोमन इरानी‚ सारिका हसनलगायत एक टोली सोमबार नेपाल आइपुगेको हो ।

प्रतिक्रिया दिनुहोस्