महिलाहरूको पिसाब फेरिरहेको भिडियो मुद्दा खारेज



म्याड्रिड, (एजेन्सी) ।

सार्वजनिक स्थलमा महिलाहरूले पिसाब फेरिरहेको दृश्य गोप्य ढंगले भिडियो खिचेर पोर्न वेवसाइटमा पोस्ट गरेको विरुद्ध दायर गरिएको मुद्दा खारेज गरेर स्पेनका एकजना न्यायाधीशले सम्पूर्ण महिला अधिकारवादी समूहहरूलाई स्तब्ध पारेका छन् ।

शौचालयको अभावका कारण सडक छेउमा पिसाब फेर्न बाध्य करिब असी जना महिला तथा बालिकाको त्यस्तो आपत्तिजनक भिडियो रिकर्डिङ गरिएको हो ।

स्पेनको उत्तर पश्चिमी शहर सेर्भोमा आयोजित मारुसाइना नामक स्थानीय चाडको बेला लुकाएर राखिएका क्यामेराहरूमा ती दृश्य कैद भएका थिए ।

अधिकांश भिडियोमा महिलाहरूका अनुहार र गोप्य अंग क्लोजअप गरिएको पाइएको छ । ती भिडियो पैसा तिरेर हेर्नुपर्ने केही पोर्नो साइटमा पनि अपलोड गरिएको पाइएको छ ।

यस भिडियो बनाउने व्यक्तिको पहिचान खुल्न सकेको छैन । यससँग सम्बन्धित पीडित महिलाहरूले आफूहरूको गोपनियताको अधिकार उल्लंघन गरिएको भन्दै दोषीमाथि छानबिन गरियोस् भनेर सन् २०२० मै मुद्दा दायर गरेका थिए ।

तर, स्थानीय न्यायाधीश पाब्लो मुनोज भाज्क्वेजले वोमेन फर इक्वलिटी ब्युरेला (बूमेई) द्वारा दायर गरिएको यो मुद्दा नै खारेज गरिदिएका छन् । पाब्लोले सार्वजनिक स्थलमा भिडियो खिच्नुलाई अपराधको दर्जा दिन नमिल्ने भएकाले मुद्दा खारेज गरेको स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्