सिरियाली राष्ट्रपति र जोर्डनका राजाबीच फोनवार्ता



एजेन्सी ।

सिरियाली राष्ट्रपति बसर अल असद र जोर्डनका राजा अब्दुल्लाह द्वितीयाबीच फोनवार्ता भएको छ । उहाँहरुबीच आइतबार फोनवार्ता भएको जोर्डनका सञ्चारमाध्यमहरुले जनाएका छन् ।जोर्डनका ती सञ्चारमाध्यमहरुले उहाँहरुबीच गएको १० वर्षयता पहिलो पटक फोनमा कुराकानी भएको बताएका छन् ।

गएको १० वर्षअघिदेखि सिरियामा युद्ध र नागरिकको ज्यान क्रम जारी रहेको छ । यहाँका नागरिकले सिरियाली राष्ट्रपति असदको राजीनामाको माग गर्दै आन्दोलन जारी राखेका हुन् । आन्दोलनका कारण यहाँका चार लाख भन्दा बढी व्यक्तिको ज्यान गएको बताइएको छ ।

लाखौको संख्यामा नागरिकहरु घाइते भएका छन् । दशौं लाख सर्वसाधारण आफ्नो देश र छिमेकी देशमा शरणार्थी बन्न बाध्य भएका छन् । आइतबारको फोनवार्ताका क्रममा उहाँहरुबीच दुई देशबीचको सम्बन्धका विभिन्न विषयमा कुराकानी भएको सिरियाली राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमार्फत् जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्