कोभिड १९ विरुद्धको खाने चक्की आउने प्रवल सम्भावना



लसएन्जलस, (एजेन्सी) ।

हाल प्रयोग परीक्षणमै रहेको कोभिड १९ विरुद्धको खाने औषधि चक्की वा क्याप्सुलको प्रारम्भिक चिकित्सकीय परीक्षणबाट यसरले संक्रमित भएपछि अस्पतालमा भर्ना हुनुपर्ने स्थिति वा मृत्यु हुने सम्भावनालाई करिब पचास प्रतिशतले कटौती गर्नसक्ने पाइएको छ ।

मोल्नुपिराभिर नामक यस औषधि संक्रमित बिरामीलाई दिनको दुईपटक खुवाउने गरिन्छ अमेरिकी औषधि निर्माण कम्पनी मर्कले आफ्नो परीक्षणको परिणाम निकै सकारात्मक देखिएकाले बाह्य अनुगमनकर्ताहरूले परीक्षण चाँडै टुँगाउन ताकेता गरिरहेको जनाएको छ ।

मर्कले आगामी दुई सातापछि नै अमेरिकामा यसको आपतकालीन प्रयोगका लागि आधिकारिकता पाउन आवेदन दिने जनाएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रमुख चिकित्सकीय सल्लाहकार डा. एन्थोनी फसीले यसको सकारात्मक परिणाम निकै खुशीको खबर भए पनि अमेरिकी खाद्यान्न तथा औषधि प्रशासन ( एफडीए ) ले तथ्यांकमाथि गहन पुनरावलोकन गर्न नसमाउन्जेल होशियारी अपनाउनुपर्ने बताएका छन् ।

यदि, प्रयोगका लागि आधिकारिक सिफारिस प्राप्त गर्न सकेको खण्डमा यो विश्वकै कोभिड १९ विरुद्धको पहिलो खाने एन्टिभाइरल औषधि हुनेछ । अमेरिकामा कोभिड १९ का कारण मर्नेको संख्या विश्वकै अग्रस्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्