तारिफ नपाएपछि कंगना आक्रोशित



बलिउड अभिनेत्री कंगना रनावतले हालै मात्र प्रदर्शित आफ्नो फिल्म ‘थलाइवी’को बलिउड कलाकर्मीले प्रशंसा नगरेपछि उनीहरूमाथि आक्रोश पोखेकी छिन्।

पूर्वभारतीय अभिनेत्री एवं तामिलनाडुकी मुख्यमन्त्री जय ललिताको जीवनीमा आधारित फिल्म ‘थलाइवी’मा कंगनाले जय ललिताको भूमिका निर्वाह गरेकी छिन्। उक्त फिल्म रिलिजपछि सर्वत्र चर्चा र तारिफ पाएर दंग परेकी कंगना यतिबेला बलिउड कलाकर्मीले आफ्नो तारिफ गर्नु त परको कुरा फिल्मबारे मुखसमेत नखोलेपछि आक्रोशित हुँदै सामाजिक सञ्जालमा स्टोरी सेयर गरिरहेकी छिन्। ‘म खुसी छु कि फिल्म ‘थलाइवी’मार्फत मानिसहरूले डा. जय ललितालाई थप चिन्ने मौका पाएका छन्। सबै क्षेत्र वर्गका मानिसहरूको सर्वसम्मत मन पराएको फिल्म निकै कम हुन्छन्। तीमध्ये ‘थलाइवी’ पनि एक हो’ फिल्मको तारिफ नगर्ने सेलिब्रेटीलाई बलिउड माफियाको संज्ञा दिँदै कंगनाले लेखेकी छिन् ‘म त्यस्ता बलिउड माफियाको पर्खाइमा छु, जसले राजनीतिक तथा वैचारिक मतभेदलाई किनारमा राखेर राम्रो कलाको सह्राना गर्न गाह्रो नमानून् र सम्भव भए आफ्नो तुच्छ मानवीय संवेदनशीलताबाट माथि उठेर एकपटक कलालाई जित्न दिऊन्।’

एएल विजयको निर्देशनमा बनेको फिल्म ‘थलाइवी’ गत सेप्टेम्बर १० मा प्रदर्शन भएको थियो।

प्रतिक्रिया दिनुहोस्