प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा नजाने एमालेको घोषणा



 

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नजाने भएको छ। एमालले दलै नमानेको एकीकृत समाजवादी सहभागी हुने बैठकमा आफूहरु सहभागी नहुने घोषणा गरेको छ ।

संसदमा जारी अवरोध हटाउने लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक आह्वान गरेका छन्।

 

अहिलेको अवस्थामा बोलाइएको सर्वदलीय बैठकको कुनै अर्थ नभएको एमालेले जनाएको छ । यसअघि सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक पनि एमालेले बहिस्कार गरेको थियो।

प्रतिक्रिया दिनुहोस्