खोप नलगाउने कर्मचारीको जागिर चट



वासिंगटन,(एजेन्सी) ।

अमेरिकाको युनाइटेड एयरलायन्सका झण्डै ६ सय जना कर्मचारीले कम्पनीको कोभिड १९ खोप नीति पालना नगरेकै कारण जागिर गुमाउँदैछन् । सोमबार अन्तिम म्यादसम्ममा यस कम्पनीका ६७ हजार अमेरिकी कर्मचारीले पूरा खोप लगाएको प्रमाण पेस गरेका छन् ।

यस एयरलायन्सका सम्बन्धित विभागीय प्रमुखहरूले पक्कै पनि कम्पनीको यो निर्णय निकै कठिन भएको प्रतिक्रिया दिएका छन् ।अमेरिकाको सिकागोस्थित यस एयरलायन्सले गत अगस्टमा आफ्ना सम्पूर्ण कर्मचारीलाई खोप अनिवार्य गराउने निर्णय गरेको थियो ।

चिकित्सकीय वा धार्मिक कारण देखाएर कोरोना भाइरसको खोप नलगाउन आवदेन नदिएका कर्मचारीहरूको अब जागिर जान लागेको हो । करिब २ हजार कर्मचारीले यस्तो विशेष अपवादका लागि आवेदन दिएका थिए ।

डेल्टालगायत अमेरिकाका अन्य एयरलायन्सहरूले आफ्ना कर्मचारीलाई खोपका लागि प्रोत्साहित गर्न विभिन्न प्याकेज अघि सारेका थिए ।

प्रतिक्रिया दिनुहोस्