हिनाद्वारा रंगभेदको शिकार भएको खुलासा



बलिउड अभिनेत्री हिना खानले आफू बलिउड फिल्म जगतमा रंगभेदको शिकार भएको बताएकी छिन्।

हिनाले ई–टाइम्ससँगको कुराकानीको क्रममा आफूलाई एक फिल्ममा आफू गोरी नभएकै कारण फिल्ममा कास्ट नगरेको आरोप लगाएकी छिन्।

‘एक प्रजेक्टको लागि अडिसन दिने क्रममा मलाई म कालो वर्णको भएको कारण रिजेक्ट गरियो। उक्त अडिसनमा कश्मिरी युवतीको भूमिकामा गोरो वर्णको युवती हुनुपर्ने भनिएको थियो।

म कश्मिरकै हुँ, मलाई त्यहाँको भाषा पनि राम्रोसँग आउँछ। त्यही कारण म उक्त भूमिका राम्रोसँग निर्वाह गर्न सक्छु भन्ने सोचेको थिएँ। तर, म उनीहरूले भने जति गोरी नभएका कारण उक्त प्रोजेक्टका लागि छनोट हुन सकिनँ’ हिनाले उक्त फिल्मको नाम नबताउने शर्तमा भनेकी छिन्।

हिनाले आफूलाई आएका अफरहरूबारे कुरा गर्दै भनेकी छिन् ‘त्यस्ता धेरै प्रोजेक्टको अफर आएका छन्, जुन प्रोजेक्टमा भूमिका मन नपरेका कारण मैले रिजेक्ट गरेकी छु। तर, तीमध्ये यो प्रोजेक्टलाई लिएर एकदमै उत्साहित थिएँ। तर, छाला गोरो नभएका कारण मैले चाहेर पनि काम गर्न पाइनँ। तर, यस्ता कुराबाट म कहिल्यै हार मान्दिनँ। राम्रो कामका लागि सधंै कोशिस गरिरहने छु।’

प्रतिक्रिया दिनुहोस्