एक खुट्टामा २ हजार किमि मोटरसाइकल यात्रा



बेइजिंग,(एजेन्सी) ।

उत्तर पश्चिमी चीनको गान्सु प्रान्तका एउटा मात्र खुट्टा भएका एजना ३२ वर्षीय पुरुषले मोटरसाइकल चलाएर २ हजार किलोमिटर दूरी तय गरी तिब्बत पुगेका छन् । उनको यस साहसिक कार्य अहिले चीनका सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

जिंग होंग नामक ती युवकले एघार वर्षअघि एउटा दुर्घटनामा आफ्नो एउटा खुट्टा गुमाएका थिए । विगत छ वर्षदेखि उनले मोटरसाइकल चलाएर चीनका विभिन्न स्थानको भ्रमण गर्दे आएका छन् ।

यसअघि उनले सन् २०१८ मा दक्षिण पश्चिमी चीनको सिचुवान प्रान्तबाट दक्षिणी पश्चिमी चीनकै तिब्बत स्वशासित क्षेत्रसम्मको लामो यात्रा मोटर साइकलबाट पूरा गरेका थिए ।

पछिल्लो ९० दिन लामो यात्राको दौडान तिब्बतको सुदूर पश्चिमी भागको न्गारी राज्यको पवित्र तिब्बती बौद्ध पहाडहरूमध्ये एक काँग रिन्पोन्छे पुगेका छन् ।

उनी यसरी नै सन् २०१५ मा चीनको सबैभन्दा ठूलो नुनिलो ताल क्विंघाइ पुग्न सफल भएका थिए । पियर भिडियोका अनुसार त्यो नै उनको मोटरसाइकलबाट भएको पहिलो सबैभन्दा लामो साहसिक यात्रा थियो ।

जिंगले पत्रकारहरूलाई भनेका छन् – ‘मोटरसाइकल चलाउँदा मैले आफूलाई स्वतन्त्र र लचकदार महशुस गर्ने गरेको छु । मलाई मेरो खुट्टा फिर्ता पाएकोे र मैले पनि सामान्य मानिसले जस्तै काम गरिरहेको जस्तै आभास र आनन्द लाग्छ ।

दुर्घटनापछि मैलाई आफ्नो जिन्दगीनै बेक्कार भएको जस्तो लागेको थियो । तर मोटरसाइकल चलाउन थालेयता मलाई आफू जिउँदो जस्तै लाग्ने थालेको छ ।

प्रतिक्रिया दिनुहोस्