आइसल्यान्डमा युरोपकै पहिलो महिला बहुमत संसद्



रिक्जाभिक,(एजेन्सी) ।

आइसल्यान्डले आफूलाई युरोपकै पहिलो महिलाहरूको बहुमत रहेको संसद्युक्त मुलुक बनाएर इतिहास रच्ने भएको छ । आइसल्यान्डको संसद् अर्थात् आल्थिंगीको कुल ६३ सिटमध्ये ३३ सिट अर्थात् ५२ प्रतिशत महिलाले जितेका छन् ।

यसअघिको सन् २०१७ को निर्वाचनाको तुलनामा महिलाहरूले ९ वटा बढी सिट जितेर महिलाहरूले यस्तो नयाँ कीर्तिमान कायम गरेका हुन् ।

अहिलेसम्म युरोपको कुनै पनि मुलुकको संसद्मा महिला विधायकको संख्या पचास प्रतिशत पनि पु¥याउन सकेको छैन । अन्तर संसदीय संघको तथ्यांकअनुसार स्विडेनमा अहिलेसम्मकै महिला संसद् संख्या सबैभन्दा बढी अर्थात् ४७ प्रतिशतसम्म पुगेको थियो ।

अन्य केही मुलुकमा जस्तै आइल्यान्डमा संसद्मा महिलाहरूका लागि कानुनी कोटा छैन । यद्यपि, केही पार्टीमा भने न्युनतम महिला उम्मेदवारको संख्या तोकिएको छ ।

लामो समयदेखि यस मुलुकले रानीतिक क्षेत्रमा लैंगिक समानता खोजिरहेको हो । विश्वभरिमै पनि अहिलेमात्र पाँचवटा मुलुकका संसद्मा पचास प्रतिशत महिला प्रतिनिधि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्