कोभिड खोप आपूर्ति चालु गर्ने भारतको निर्णयको क्वाडद्वारा स्वागत



इन्डिया न्युज नेटवर्क ।

भारत, अस्ट्रेलिया, जापान र अमेरिका सम्मिलित क्वाड समूहका नेताहरूले शनिबार पहिलोपटक एक आपससँग व्यक्तिगतरूपमा भेट गरेका छन् ।

उक्त क्रममा सबै देशका नेतृत्वले कोभिड १९ महामारी, जलवायु परिवर्तन र हिन्द–प्रशान्त क्षेत्रमा विश्वले सामना गरिरहेका चुनौतीका बारेमा छलफल गरेका छन् ।

कोभिड १९ खोपको विषयमा भारतले यही अक्टोबर महिनादेखि खोपको पुनः आपूर्ति चालु गर्ने जानकारी दिएको छ । क्वाड राष्ट्रका सदस्यले यस निर्णयको स्वागत गरेका छन् । सन् २०२१ को अक्टोबर महिनासम्ममा हैदरावादस्थित जैविक ई उत्पादनले १० लाख खोप उत्पादन गर्ने भएको छ ।

यस उत्पादनको पहिलो खेपका लागि भारतले ५० प्रतिशत लगानी गर्ने भएको छ ।
क्वाड लगानीमा हैदरावादस्थित जैविक ई उत्पादनले सन् २०२२ सम्ममा एक अर्ब सुरक्षित र प्रभावकारी कोभिड १९ खोप उत्पादन गर्ने भएको छ ।

क्वाड नेताहरूको बैठकपछि जारी संयुक्त वक्तव्यअनुसार जापानले क्षेत्रीय साझेदारको सहयोगका निम्ति कोभिड –१९ आपातकालीन संकट प्रतिक्रिया सहयोग ऋणका माध्यमबाट ३ दशमलव ३ अर्ब अमेरिकी डलर बराबरको खोप प्रदान गर्नेछ । त्यस्तै, अस्ट्रेलियाले दक्षिणपूर्व एसिया र प्रशान्त क्षेत्रका लागि खोप खरिद गर्न २१ दशमलव २ करोड अमेरिकी डलरको सहयोग गर्नेछ ।

यसबाहेक, अस्ट्रेलियाले खोप वितरण गर्न र क्वाडको खोप वितरण प्रयासलाई समर्थन गर्न २१ दशमलव ९ करोड अमेरिकी डलरको थप सहयोग गर्नेछ ।

त्यस्तै, कोभ्याक्स पहलअन्तर्गत भारत, जापान, अस्ट्रेलिया र संयुक्त राज्य अमेरिका ले १ दशमलव २ अर्बभन्दा बढी कोभिड १९ खोप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

हालसम्म क्वाड सदस्यले हिन्द प्रशान्त क्षेत्रलाई ७ करोड ९० लाख बराबरको सुरक्षित, प्रभावकारी र गुणस्तरीय खोप आपूर्ति गरिसकेका छन् ।

आफ्नो संयुक्त वक्तव्यद्वारा क्वाड नेताहरूले क्वाड खोप विशेषज्ञ समूहका बारे जानकारी दिएका छन् । उक्त समूहमा भारत, जापान, अस्ट्रेलिया र अमेरिकाका शीर्ष विशेषज्ञहरू समावेश छन् ।

जारी संयुक्त विज्ञप्तिअनुसार यी विशेषज्ञहरूले बलियो सम्बन्ध निर्माण गर्ने, हिन्द प्रशान्त क्षेत्रका स्वास्थ्य सुरक्षा र कोभिड १९ प्रतिक्रियालाई समर्थन गर्न कार्य गर्नेछन् ।

क्वाड नेताहरूले क्लिनिकल परीक्षण र जीनोमिक निगरानी क्षेत्रमा आफ्नो विज्ञान र प्रविधि (एस र टी) को सहयोग लाई सुदृढ गर्ने निर्णय गरेका छन् । यसबाट महामारीको अन्त्य गर्न सकिने र अन्तर्राष्ट्रिय रूपमा राम्रो स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न सकिने अपेक्षा गरिएको छ ।

क्वाड नेताहरूले आफ्नो संयुक्त बयानमा भनेका छन् – ‘हामी विश्वव्यापी रूपमा खोप उपलब्ध गराउन, जीवन रक्षा गर्न, अन्तर्राष्ट्रिय स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न आर्थिक सहयोग र राजनैतिक नेतृत्वलाई बलियो बनाउन प्रतिबद्ध छौं । हामी सन् २०२२ मा एक संयुक्त महामारी–तयारी टेबलटक वा अभ्यास सञ्चालन गर्न पनि प्रयास गर्नेछौं ।’

प्रतिक्रिया दिनुहोस्