आइसल्याण्डमा युरोपकै पहिलो महिला बहुमत संसद



रिक्जाभिक, (एजेन्सी)

आइसल्यान्डले आफुलाई युरोपकै पहिलो महिलाहरुको बहुमत रहेको संसदयुक्त मुलुक बनाएर इतिहास रच्ने भएको छ । आइसल्यान्डको संसद अर्थात आल्थिंगीको कूल ६३ सिट मध्ये ३३ सिट अर्थात ५२ प्रतिशत महिलाले जितेका छन् ।

यस अघिको सन् २०१७ को निर्वाचनाको तुलनामा महिलाहरुले ९ वटा बढी सिट जितेर महिलाहरुले यस्तो नयाँ किर्तिमान कायम गरेका हुन् ।

अहिले सम्म युरोपको कुनै पनि मुलुकको संसदमा महिला विधायकको संख्या पचास प्रतिशत पनि पु¥याउन सकेको छैन । अन्तर संसदिय संघको तथ्यांक अनुसार स्विडेनमा अहिलेसम्मकै महिला संसद संख्या सबैभन्दा बढि अर्थात ४७ प्रतिशत सम्म पुगेको थियो ।

अन्य केहि मुलुकमा जस्तै आइल्यान्डमा संसदमा महिलाहरुका लागि कानुनी कोटा छैन । यद्यपि केहि पार्टीमा भने न्युनतम महिला उम्मेदवारको संख्या तोकिएको छ ।

लामो समय देखि यस मुलुकले रानीतिक क्षेत्रमा लैंगिक समानता खोजिरहेको हो । विश्वभरिमै पनि अहिले मात्र पाँचवटा मुलुकका संसदमा पचास प्रतिशत महिला प्रतिनिधि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्