भारतीय राष्ट्रपति रामनाथ कोविन्द |फाइल तस्वीर|
नयाँ दिल्ली ।
राष्ट्रपति रामनाथ कोविन्दको दोस्रो आँखाको मोतिबिन्दुको शल्यक्रिया राष्ट्रिय राजधानीस्थित आर्मी हस्पिटल (रिफरल एन्ड रिसर्च) मा शुक्रबार भएको छ ।
“शल्यक्रिया सफल भयो र उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । उहाँको पहिलो आँखाको शल्यक्रिया पनि सन् २०७१ असोज १९ गते सैनिक अस्पतालमा नै भएको थियो ।”
राष्ट्रपति कोविन्दको सचिवालयले शुक्रबार विज्ञप्ति जारी शल्यक्रिया सफलतापूर्वक सकिएको बताएको छ । उहाँलाई केही दिन आराम गर्न चिकित्सकहरूले सल्लाह दिएका छन् । उहाँले यसै बर्ष मार्च ३० मा नयाँ दिल्लीस्थित एम्स अस्पतालमा मुटुको बाइपास सर्जरी गराउनु भएको थियो ।
प्रतिक्रिया