बेलायतले दियो कोभिसिल्डलाई मान्यता



इन्डिया न्युज नेटवर्क ।

भारतमा व्यापक आलोचना भएपछि बुधबार बेलायतले अक्सफोर्डको एस्ट्राजेनेकाबाट इजाजतपत्र प्राप्त कोभिसिल्ड खोपले मान्यता पाउने बताएको छ ।

मंगलबार न्युयोर्कमा भएको बैठकमा विदेशमन्त्री एस जयशंकरले बेलायती विदेश सचिव लिज ट्रससमक्ष यो मुद्दालाई कडारूपमा प्रस्तुत गरेका थिए । यसको एक दिनपछि यो घोषणा भएको हो ।

उनले ‘पारस्परिक हित’ का लागि क्वारेन्टाइन मुद्दाको शीघ्र समाधानका लागि पनि आग्रह गरेका थिए ।

यद्यपि, कोभिसिल्ड खोपको दुवै खुराक प्राप्त गरेका भारतीय क्वारेन्टाइनमा बस्नुपर्ने वा नपर्नेबारे भने अझैसम्म केही खुलाइएको छैन ।
संशोधित बेलायती यात्रा दिशानिर्देश पनि भारतको खोप प्रमाणीकरणमा मौन बसेको छ । भारतस्थित ब्रिटिस उच्चायोगले भने खोप प्रमाणीकरणका पक्षमा काम गरिरहेको बताएको छ ।

अक्सफोर्ड/एस्ट्राजेनेका, फाइजर बायोन्टेक, मोडेर्ना वा अस्ट्रेलियाको सार्वजनिक स्वास्थ्य संस्थाबाट प्राप्त जोन्सेन खोप, एन्टिगुआ र बार्बुडा, बार्बाडोस, बहराइन, ब्रुनेइ, क्यानडा, डोमिनिका, इजरायल, जापान, कुवेत, मलेसिया, न्युजिल्यान्ड, कतार, साउदी अरब, सिंगापुर, दक्षिण कोरिया, ताइवान वा संयुक्त अरब इमिरेट्स (यूएई) बाट खोप लगाएमा मात्र मान्यता प्रदान गर्ने संशोधित बेलायती यात्रा दिशानिर्देशले जनाएको छ ।

एस्ट्राजेनेका कोभिसिल्ड, एस्ट्राजेनेका भक्जेभ्रिया र मोडेर्ना टाकेडा जस्ता ४ सूचीबद्ध खोप पनि अनुमोदित खोपका रूपमा योग्य मानिने बेलायतद्वारा जारी संशोधित यात्रा दिशानिर्देशमा भनिएको छ ।

बुधबार भारतस्थित बेलायती उच्चायोगले भन्यो, ‘एक प्रासंगिक सार्वजनिक स्वास्थ्य निकायद्वारा खोप लगाइएका मानिसहरूलाई बेलायतमा खोप मान्यता प्रदान गर्न हामी भारत सरकारसँग मिलेर काम गरिरहेका छौं ।’

संशोधित यात्रा दिशानिर्देशबारे बताउँदै प्रवक्ताले भने, ‘व्यावहारिक रूपमा सकेसम्म चाँडो अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्ध खोल्न बेलायत प्रतिबद्ध छ र यो घोषणा जनताको स्वास्थ्यको रक्षा गर्दै सुरक्षित र दिगो तरीकाले फेरि स्वतन्त्र रूपमा यात्रा गर्न सक्षम पार्ने अर्को कदम हो ।’

जयशंकर र ट्रसबीच भएको छलफलबारे बताउँदै भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले बेलायतले यो समस्या चाँडै समाधान हुने आश्वासन दिएको बताएका थिए ।

अक्टोबर ४ तारिखदेखि लागु हुने नयाँ यात्रा नियमअनुसार भारतीय नागरिकले एस्ट्राजेनेकाको कोभिसिल्ड खोपको दुवै मात्रा लगाए पनि बेलायतमा भने भारतीयले खोप नलगाएको नै मानिनेछ ।

तिनीहरूलाई १० दिन क्वारेन्टाइनमा राख्नुपर्ने नियम बनाइएको थियो । मंगलबार एक प्रेस विज्ञप्तिमा एक प्रश्नको जवाफ दिँदै विदेश सचिवले भारतमा निर्माण गरिने कोभिसिल्ड खोप बेलायतको एस्ट्राजेनेकाबाट इजाजतपत्र प्राप्त उत्पादन भएको जानकारी दिएका थिए ।
बेलायत सरकारको अनुरोधमा कोभिसिल्डको ५० लाख खुराक बेलायत आपूर्ति गरिएको उनले जानकारी दिएका छन् ।

कोभिसिल्डलाई मान्यता नदिनु एक भेदभावपूर्ण नीति हो भनी औंल्याउँदै उनले यसले बेलायतको यात्रा गर्ने भारतीय नागरिकहरूलाई असर पार्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्