दोस्रो विवाह ५५ घण्टामै टुटेपछि तेस्रो विवाहको तयारीमा ब्रिट्नी



अमेरीकी गायिका ब्रिट्नी स्पेयर्सले प्रेमी साम असगरीका साथ ईगेजमेन्ट गरेकी छिन्। ३९ वर्षिया ब्रिट्नीले सामाजिक सञ्जालमार्फत प्रेमीको साथमा रहेको एक भिडियो शेएर गर्दै ईगेजमेन्टबारे हालै जानकारी दिएकी हुन्।

उनले आफूहरु छिट्टै विवाह बन्धनमा बाधिने समेत बताएकी छिन्।ब्रिट्नी र सामको पहिलो कुराकानी सन २०१६ मा म्युजिक भिडियो स्लम्बर पार्टीको शुटिङको क्रममा भएको थियो।विस्तारै चिनजान साथी हुदै मायामा परिणत भएपछि उनीहरुले ईगेजमेन्ट गरेका हुन्। तर ब्रिट्नीको यो पहिलो विवाह भने होईन उनको यो विवाह जीवनको तेस्रो विवाह हु्नेछ।

उनले पहिलो विवाह हलिउड र्‍यापर केविन फेडरलिनका साथ गरेकी थिईन्।पहिलो विवाबाट ब्रिट्नीको दुई सन्तान भएपछि पतिका साथ छुटेकी उनले दोस्रो विवाह अमेरीकी अभिनेता तथा कमेडीयन जेसन अलेक्जेन्डरका साथ गरेकी थिईन तर उक्त विवाह पनि ५५ घण्टामै टुटेको थियो।

प्रतिक्रिया दिनुहोस्