विमानमा यात्रा गर्दा स्वास्थ्यलाई सुरक्षित राख्ने सात उपाय



वासिंगटन,(एजेन्सी) ।

विश्वका थुप्रै मुलुकले पुनः पर्यटनलाई खुल्ला गर्न थालेपछि पछिल्लो समयमा भ्रमणले आफ्नो गति लिन थालेको छ । यदि कोही अन्तर्राष्ट्रिय भ्रमणमा जान चाहन्छ भने रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी ) ले पूर्ण रूपमा कोभिड १९ विरुद्ध खोप लगाएको सिफारिस पत्र दिने गर्दछ । तर, पूर्णरूपमा खोप लगाइसके पनि अझै केही उपायहरू अवलम्बन गर्दा तपार्इं उडानको क्रममा अझै बढी सुरक्षित हुनुहुनेछ ।

यसका लागि सात वटा सल्लाह निम्न प्रकारका छन् ।

१ हात धुनुहोस् र ६० प्रतिशत वा सोभन्दा बढी अल्कोहलको मात्रा भएको स्यानिटाइजर प्रयोग गर्नुहोस् । मौका मिल्नासाथ साबुन पानीले हात धोइहाल्नुस् । किनभने किटाणु मार्नका लागि यो विधि स्यानिटाइजर भन्दा बढी प्रभावकारी मानिन्छ । ६० देखि ९५ प्रतिशत अल्कोहलयुक्त स्यानिटाइजर आफैं र अन्यलाई पनि बिरामी हुनबाट रोक्न अत्यन्तै प्रभावकारी मानिएको छ । यस्ता स्यानिटाइजर बोटल र साबुन आफैँ पनि बोकेर हिड्न सक्नुहुन्छ ।

२ कोभिड १९ प्रकोपका कारण धेरैजसो एयरलाइन्सले यात्रुहरूलाई आफू बस्ने सिटमा प्रयोग गर्न अल्कोहल युक्त डिसइन्फेक्ट वाइपर दिने गरेका छन् । सिटमा बस्दा सिट लगायत आफूले छुनसक्ने सम्भावित वरपरका अन्य सम्पूर्ण स्थान र चिज यसले पुछ्नुहोस् । आवश्यक परेमा थप वाइपर उडानका क्रममा माग्न हिच्किचाउनु हुन्न ।

३ हुन त अचेल विमानबाट यात्रा गर्दा मास्क अनिवार्य नै छ । तर, आवश्यक नपरेका अवस्थामा पनि मास्क लगाउने नै गर्दा बढी सुक्षित हुनेछ । किनभने मास्क लगाएको अवस्थामा हातले नाक मुख छोइदैनन् । सीडीसीले त ट्रेन , सववे , बस स्टेसन वा रिक्सा पर्खने स्थानमा पनि मास्क नछाड्न सल्लाह दिएको छ ।

४ विमान यात्रामा झ्यालतिरको सिटमा बस्दा बढी सुरक्षित हुन्छ । किनभने तपाईंको छेउबाट कोही शौचालय जाने कोही यात्रु वा विमानकै कर्मचारीहरूको खाना बाँड्ने वा फोहोर बटुल्ने क्रममा आवातजावत हुँदैन ।

५ आफ्ना सरसामानहरू जस्तै ब्याक प्याक, पर्स अन्य केही पनि भुँइमा नराख्नुहोसु, बरू आफ्नै काखमा वा सिटमा राखनुहोस् । अरूले कुल्चेको र आफ्नै खुट्टाले समेत छोएपछि ती वस्तु प्रदूषित हुन सक्छन् ।

६ लगेजभित्र तपाईंले नियमित खानुपर्ने औषधि नराख्नुहोस् । लगेज ढिलो आइपुग्ने वा हराउने समेत सम्भावना रहन्छ । आफ्नो गन्तव्य स्थलमा आफूले प्रयोग गर्ने औषधि सजिलै पाउने सक्ने भए पनि औषधि आफैंले बोकेर हिंड्दा अनावश्यक चिन्ताबाट मुक्त हुनुहुनेछ । आवश्यक औषधिको प्रेस्क्रिप्सन पनि साथ राख्नुहोला । अचानक विमान भित्रै अस्वस्थ हुँदा पनि ती औषधिले तपाईंलाई सन्चो पार्नेछन् ।

७ पानी मात्र खाएर शरीरलाई जलवियोजन समस्याबाट जोगाउनभन्दा विमानस्थलमै पानीमा मिसाउन इल्क्ट्रोलाइट्स वा भिटामिन ड्रिंक्स किन्नु राम्रो बानी हो ।

प्रतिक्रिया दिनुहोस्