अल्जेरियाका पूर्व राष्ट्रपतिको निधन



अल्जियर्स,(एजेन्सी) ।

अल्जेरियाका पूर्व राष्ट्रपति अब्देलाजिज बोतेफ्लिकाको ८४ वर्षको उमेरमा निधन भएको छ । उनी लामो समयदेखि अस्वस्थ रहँदै आएका थिए । झण्डै दुई दशक लामो समयसम्म सत्ता सम्हालेका उनी सन् २०१९ मा नेतृत्वबाट हटेका थिए । उनले त्यसबेला पाँचांै कार्यकालका लागि प्रयास गर्न खोज्दा उनको विरोधमा विशाल सडक प्रदर्शन भएको थियो ।

पचास र साठीको दशकमा उनले अल्जेरियाको स्वाधीनताका लागि भएको युद्धमा अहम भूमिका निभाएका थिए ।

त्यसपछि सन् १९९९ मा अल्जेरियामा अत्यन्तै हिंसात्मक गृहयुद्ध शुुरू भयो । त्यस दौडान झण्डै दुई लाख मानिसको ज्यान गएको थियो । त्यतिबेला उनी सेनाको आग्रहमा राष्ट्रपति बनेका थिए । सन् २०१३ मा मस्तिष्कघात भएयता उनी बिरलै रूपमा सार्वजनिक हुने गरेका थिए । मस्तिष्क घातबाट उनको बोली र हिंडडुल प्रभावित भएको थियो ।

सन् १९६२ को शुरूमा अल्जेरियाले फ्रान्सबाट स्वाधीनता हासिल गरेपछि उनले आफ्नो राजनीतिक करियर प्रारम्भ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्