छात्रालाई पर्दाले खुट्टा छोपेर जाँच दिलाइयो



नयाँदिल्ली,(एजेन्सी) ।

भारतमा परीक्षा दिन हाफ पाइन्ट लगाएर उपस्थित भएकी एक १९ वर्षीया छात्रालाई पर्दाले खुट्टा छोपेर मात्र परीक्षा दिन लगाइएको छ । उनका शिक्षकले उनको पहिरनप्रति आपत्ति जनाएका थिए । स्थानीय सञ्चार माध्यमले जुब्ली तामुली नामक ती छात्रा आफ्नो पितासँग आफ्नो घरदेखि सत्तरी किमि दूरी यात्रा गरी आसामको तेजपुर शहरमा परीक्षा दिन आएकी थिइन् ।

परीक्षा दिन अवरोध गरिएपछि उनका पिता एक जोर पाइन्ट किन्न बजारतर्फ हानिएका थिए । तर, परीक्षा शुरू हुनै लागेकाले उनले पर्दा प्रयोग गरेकी थिइन् । उनले परीक्षा सकिएपछि परीक्षा केन्द्र बाहिर पत्ररकारहरूसँग बताएकी छन् – ‘यो मेरो जीवनकै सबैभन्दा ठूलो अपमान हो । के कट्टु लगाउनु अपराध हो । सबै केटीहरूले कट्टु लगाउँछन् । यदि तिनीहरूले मलाई कट्टु लगाउन मनाही गर्ने हो भने त्यो कुरा पहिल्यै परीक्षाको सूचनामा उल्लेख गरिनु पथ्र्यो ।’

दि इन्डियन एक्सप्रेसका अनुसार एउटा कृषि विश्वविद्यालयमा भर्नाका लागि बुधबार गिरिजानन्द चौधरी इन्स्टिच्युट अफ फर्मास्युटिकल साइन्सेजमा लिइएको परीक्षाको दौडान यो घटना घटेको हो ।

प्रतिक्रिया दिनुहोस्