अमेरिकी करोडपति मित्रको हत्यारा साबित



वासिंगटन,(एजेन्सी) ।

अमेरिकी रियल स्टेट व्यवसायी तथा एचबीओको अपराधसम्बन्धी वृत्तचित्रका दि जिन्क्सका विषयसमेत बनेका रोवर्ट डस्र्टविरुद्ध आफ्नो घनिष्ठ मित्र सुसान बर्मनको हत्या गरेको अभियोग प्रमाणित भएको छ । आफ्नी पत्नी बेपत्ता भएको घटनाबारे प्रहरीलाई केही बताउनबाट रोक्ने उद्देश्यले सन् २००० मा बर्मनको हत्या गरेको अभियोगमा डस्र्ट दोषी ठहर भएका छन् ।

बर्मनलाई टाउकोमा गोली हानिएको अवस्थामा बिभर्ली हिल्सस्थित उनको आफ्नै निवासमा मृत फेला पारिएको थियो । दि जिन्क्सको अन्तिम भागमा डस्र्टले यसले बरबराएको सुनिन्छ – ‘हत्तेरिका मैले के बरबाद हुने काम गरेँ ? मैले साँच्चै तिनीहरू सबैलाई मारेँ ।’

एचबीओ टेलिभिजन च्यानलको यो अन्तिम भाग प्रशारण हुनु केही घन्टाअगाडि डस्र्टलाई बर्मनको हत्याको आरोपमा डस्र्टलाई न्यु ओर्लियन्समा पक्राउ गरिएको थियो । सरकारी वकिलहरूले ७८ वर्षीय डस्र्टलाई ‘मतलबी पागल’ को संज्ञा दिँदै अब सम्भवतः उनको जेलमै मृत्यु हुने बताएका छन् । आफ्नी पत्नी बेपत्ता हुँदाको समयमा आशंकित मानिएको अवस्थामा अपराधसम्बन्धी लेखक सुशान बर्मनले डस्र्टको प्रवक्ताको भूमिका खेलिरहेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्