सुदूरपश्चिममा एकीकृत समाजवादीबाट थपिएका मन्त्री र राज्यमन्त्रीले लिए शपथ



न्युज अफ नेपाल, धनगढी ।

सुदूरपश्चिम प्रदेशमा आर्थिक मामिला मन्त्रीमा तारा लामा तामाङ र अर्थ राज्य मन्त्रीमा माया तामाङ बोहरा नियुक्त भएका छन् । थपिएका दुवै मन्त्रीले आजै प्रदेश प्रमुख समक्ष शपथ लिएका छन् ।

एमाले रोजेपछि अल्पमतमा परेका अर्थमन्त्री प्रकाशबहादुर शाह र अर्थ राज्यमन्त्री अर्चना गहतराजले भदौ २२ गते पदबाट राजीनामा दिएपछि उक्त मन्त्रालय मन्त्री विहीन रहेको थियो ।

नवनियुक्त आर्थिक मामिला योजना मन्त्री तारा लामा तामाङ एमालेका पूर्व प्रमुख सचेतक हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गरेपछि माधव समूहमा लागेका तारा लामा तामाङले एमाले विभाजन हुँदा एकीकृत समाजवादी रोजेका थिए ।

बझाङकी माया तामाङ भने संसद् विघटनमा ओली खेमामै थिइन् । एमाले विभाजनपछि उनले एकीकृत समाजवादीलाई रोजेकी हुन्। प्रदेश सभामा एकीकृत समाजवादीका १४, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२, सभामुखसहित एमालेका ११, जसपा र लोसपाका एकरएक सांसद छन् ।

 

प्रतिक्रिया दिनुहोस्